Lucky-Khabar_

रौतहट बारद्वारा बाढी प्रभावितको राहतका लागि१ लाख १ हजार सहयोग

रौतहट । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

content ad p2

बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको जनाएको छ।

देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको नेपाल बार एसोसिएसन रौतहटका जिल्ला अध्यक्ष हेमचन्द्र लाल कर्णले बताए।

उनका अनुसार देश पीडामा रहेका बेला रौतहटका कानुन व्यवसायीका तर्फबाट पीडित नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो।“देश पीडामा रहेको बेला रौतहटका वकिलहरूको तर्फबाट केही सहयोग पुगोस भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार समितिको खातामा १ लाख १ हजार रुपैयाँ जम्मा गरेका हौँ,” अध्यक्ष कर्णले भने।

अध्यक्ष कर्णले विपद्को समयमा राज्यसँगै विभिन्न संघसंस्था, पेशागत संगठन तथा नागरिक समाजले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए। सोही भावनाअनुसार बार एसोसिएसन रौतहटले आफ्नो तर्फबाट सहयोग गरेको उनको भनाइ छ।बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई तत्काल राहत, खाद्यान्न, आवास तथा अन्य आवश्यक सामग्रीको आवश्यकता भइरहेका बेला बार एसोसिएसनको सहयोगले राहत तथा उद्धार कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

विपद्को समयमा कानुन व्यवसायीहरूको तर्फबाट गरिएको आर्थिक सहयोगले पीडित नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदनासमेत प्रकट गरेको बारले जनाएको छ। साथै, यस्तो सहयोगले अन्य संघसंस्था तथा पेशागत संगठनलाई समेत विपद्का बेला पीडितको साथमा उभिन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर