Lucky-Khabar_

टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, चार जना घाइते

बारा । बाराको कोल्हवी नगरपालिका–३, जुगवा टोलमा टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई करेन्टबाट छुटाउने क्रममा परिवारका सदस्यसहित चार जना घाइते भएका छन् ।

content ad p2

शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टेलिभिजन चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आकाशलाई करेन्टबाट छुटाउने क्रममा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय ४० वर्षीया फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएका छन् ।

घाइतेमध्ये ऐतबरिया देवी र फुलकुमारीको तामागढी अस्पताल, कोल्हवीमा तथा निलमको सिटी अस्पताल, कोल्हवीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । अनिताको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल सुरक्षित राखी घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक सबिनकुमार कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर