Lucky-Khabar_

वीरगञ्ज विवाद प्रकरणमा सर्वदलीय बैठक सम्पन्न, सहमति बुंदाहरु;-

८ फागुन,वीरगञ्ज – उत्पन्न भएको विवाद समाधान गर्न दुइ समुदायबीच बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।

content ad p2

हिजोदेखि महानगरमा कफ्र्यू जारी भएपछि दुइ समुदायबिचको विवादले उग्ररुप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सर्वदलीय बैठक बोलाएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा विहान साढे ११ बजेदेखि सुरु भएको बैठकले झण्डै तीन घण्टा पछाडि ५ बुँदे निर्णय गर्दै सकिएको बैठकमा सहभागी जसपाका सचिव तबरेज अहम्मदले जनाए ।

 सहमति भएको पाच बुंदे सहमतिहरु;-जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वदलीय बैठकले यी ५ बुँदमा सहमति जुटाएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।
सिडिओमा भएका सहमतिहरु यसप्रकार छन् ः१) सयौं वर्षदेखि कायम रहेको जातजाती, भाषा, धर्म, समुदाय सम्प्रदायबिचको एकतालाई अझ मजबुद गराई नेपाली जनताबिचको सुसम्बन्ध एवम् एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिवद्धता गर्ने ।

२) एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विररोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।

३) जिल्लाभित्र खुलम खुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।

४) जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव बिगार्ने एवम द्वन्द्वलाई उस्काउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक ¥याली, जुलुस, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि समुदाय संघसंस्थाहरुले नगर्ने । यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संघ सस्ंथा एवम् सरोकारवालाले सहयोग गर्ने ।

५) सामाजिक सञ्जालमा कुनै पनि जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने÷गराउने उपर प्रशासनबाट कानुन बमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले डाँकेको सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, बीरगन्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरु शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारी लगायत प्रहरी प्रमुख, सशस्त्र प्रमुख तथा सबै राजनीतिक दलका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर