Lucky-Khabar_

माछा मार्न गएको युवक बेपत्ता हुदा खोज्न सेती बाँध भोलि खोलिने

१६ फागुन, पोखरा । पोखरामा माछा मार्न गएको  बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले भोलि फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको छ भने जानकारी दिए ।

content ad p2

‘उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्न गएको  फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन् । १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिका–१७ सेती नदीमा माछा मार्न  गएको  एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छभने सँगै माछा मार्न गएका ३ जना सकुशलै उद्धार हुँदा सार्की लामा तामाङको अवस्था भने  अज्ञात छ ।

यसअघि पनि मंसिर २८ गते पनि मणिपाल शिक्षण अस्पतालमा उपचाररत एकजना युवक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि बाँध खोलिएको थियो र पछि उनी सेती नदीको नदीपुर क्षेत्रमा मृत फेला परेका थिए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर