Lucky-Khabar_

सिरहा एक महिलाको शव भेट्यो

सिरहा – सिरहाकाे गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ । गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

content ad p2

साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो । गए राति मृतक साह र उहाँका श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो ।

अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिनुभयो ।

यसैबीच सप्तरीकै तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव भेटिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको पुलमुनि राजविराज नगरपालिका–१६ बोरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । साभार : उज्यालो अनलाईन बाट

सम्बन्धित खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर