Lucky-Khabar_

मधेश प्रदेश सरकारमा काङ्ग्रेस आउट एमालेको इन्ट्री

५ चैत,जनकपुर । मधेश  सरकारमा नेपाली कङ्ग्रेसलाई  सरकारबाट हटाइएको छ र  नेकपा एमाले सहभागी गराएको छ  ।मधेश प्रदेश संसदीय दलका नेता  सरोजकुमार यादवले भौतिक पुर्वाधार बिकास मन्त्रत्रालयको जिम्मेवारी पाएका छन् ।

content ad p2
No description available.

मन्त्री बन्ने बिषयमा एमाले भित्र बिवाद हुँदा सरोजकुमार यादवले मात्रै सपथसङ्गै भौतिक पुर्वाधार बिकास मन्त्रीको रुपमा पदभार ग्रहण गरे ।उनले प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलो मिटरसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना रहेको नवनियुक्त भौतिक पुर्वाधार बिकासमन्त्री यादवले बताए ।

यस अघि पनि उनी भौतिक पुर्वाधार बिकासमन्त्री थिए ।उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ ग्रहण गराएकि थिइन् ।यता एमालेको इन्ट्रीसङ्गै काङ्ग्रेसबाट मन्त्री रहेका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्र सिंह र गृह तथा सञ्चारमन्त्री मोहम्मद सलिमलाई भने बर्खास्त गरिएको छ ।मन्त्रि हेरफेरमा एमालेले  चार मन्त्रि  र एक राज्य मन्त्री गरि पाँच मन्त्री पाउनेभनि नवनियुक्त मन्त्री यादवले जानकारी दिए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर