Lucky-Khabar_

मधुमेह गर्भावस्थामा भएमा के हुन्छ ?

content ad p2

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

५फगुन्ग, प्यान्क्रियाज ग्रन्थीले र्भावस्थामा इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको बेलामा   हुन्छ मधुमेह हुने सम्भावना धेरै  हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण थोरै  गर्न पुग्छ ।

गर्भधारण पहिल्यै मधुमेह भएको छ भने मधुमेह नियन्त्रण गरेर मात्रै गर्भधारण गर्न लगाइन्छ । यस्तो अवस्थामा मधुमेह नियन्त्रणमा ल्याएर मात्र गर्भधारण गर्न लगाइन्छ ।

 थाहा कसरि  पाउने त ?

खाली पेटमा रगत पहिलो तीन महिनाभित्र नियमित जाँच गरिन्छ । जुनबेला पनि जाँच गर्दा ब्लड सुगरको मात्रा १४० भन्दा कम हुनुपर्छ । साधारनत्या स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम वा कुनै पनि बेला अर्थात् रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । १४० भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ ।

यस्तो अवस्थामा हो कि होइन भनेर थाहा पाउन रगतमा एचबीएवानसी जाँच गरिन्छ । यसमा गर्भवतीको तीन महिनाको रगतभित्रको ब्लड सुगर जाँच गरिन्छ । यसमा रगतको सुगर लेभल १४० भन्दा कटेको छ कि छैन हेरिन्छ । कटेको खण्डमा जोखिम हुन सक्छ ।

जोखिम

महिना नपुग्दै व्यथा लाग्ने, गर्भभित्र रहेको शिशुको वरिपरि पानीको मात्रा बढ्ने जसलाई पोलिहाइड्रानिओस् भनिन्छ, अकस्मात् गर्भ तुहिने जोखिम हुन्छ । गर्भमा शिशुको आकार निकै ठूलो हुन्छ । जसले गर्दा  प्राकृतिक डेलिभरी नभई सिजरिङ डेलिभरी गर्नुपर्ने हुन्छ । सुत्केरीको व्यथा लामो हुने, आमाले बल गर्न नसक्ने, बेहोस हुने, बच्चा ठूलो भएर शिशु अड्किने, स्त्री जनेन्द्रियमा शिशु निस्किने बाटोमा चोट पुग्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ । गर्भवती कोमामा समेत जान सक्छ ।

उपचार

प्रत्येक महिना रगतमा ब्लड सुगर जाँच गर्ने, बढेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने, बच्चा जन्मिसकेपछि आमालाई ब्लडसुगर लेभल समय-समयमा जाँच गर्न सकिन्छ । त्यसबेला सुगर लेभल कम भएमा औषधि खानुपर्दैन । तर सुगर लेभल घटेन भने आजीवन मधुमेहको औषधि खानुपर्ने हुन्छ ।

डा. मीना प्रधान

 शिशु अपांगता हुन्छ ?

मधुमेह मात्र भएको छ भने अपांगता हुने सम्भावना एकदम कम  हुन्छ । बच्चा ठूलो हुने भएकाले प्राकृतिक डेलिभरी गर्दा शिशुको काँध च्यापेर शारीरिक अपांगता हुने जोखिम धेरै  हुन्छ ।

डेलिभरीपछि मधुमेह नियन्त्रण

शिशु जन्माइसकेपछि मधुमेह प्राय: आफैं ठीक हुन्छ । रगतमा ग्लुकोजको मात्रा सामान्य स्तरमा आउँछ । तर बच्चा जन्मिसकेपछि पनि मधुमेह कम नभएमा जीवनभर मधुमेहको औषधि खानुपर्ने हुन्छ । त्यसैले डेलिभरी भएको पाँच-छ महिनापछि मधुमेह परीक्षण गर्नुपर्छ ।

रोकथाम

प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, गेडागुडी धेरै खाने, सुगरको मात्रा बढी हुने चिनी, आँप, चामल, खर्बुजाजस्ता खानेकुरा कम खाने गर्ने  । खानेकुरा  मात्रा मिलाएर खानुपर्ने  । त्यस्तै मौसमी फल र सलाद सेवन गर्ने, खाना खाएपछि हिंड्ने, धुम्रपान र मदिरा सेवन नगर्ने  , सुगर लेभल जाँच गराइरहने  ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर