८ चैत, काठमाडौं ।नेपाल सरकार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामहरु बारे ६८ बुँदे निर्देशन जारी गरेको छ ।
शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह जिल्लामा गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि गर्न भन्दै ११ वटा क्षेत्रसम्बद्ध निर्देशनहरु दिइएको हो ।

गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो एकीकृत निर्देशन सचिव एकनारायण अर्यालले जारी गरेका हुन् 


