Lucky-Khabar_

बिरगंजका एस.पी. कुमोध ढुङ्गेल र जीवन चलाउने वीचमा ४४ पटक फोन सम्पर्क


content ad p2

१५ चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न भनीएका जीवन चलाउनेसँग करिब १ दर्जन प्रहरी अधिकारीहरु नियमितरुपमा सम्पर्कमा रहेकोर  कल डिटेल्स रिपोर्टमा करिब एक दर्जन प्रहरी अधिकारीसँग चलाउनेको नियमित सम्पर्क भएको पाइएको हो ।

चलाउनेको सम्पर्क सबैभन्दा बढी पर्साका एसपी कुमोध ढुङ्गेलसँग भएको रातोपाटीले लेखेको छ । तत्कालीन समयमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका एसपी ढुङ्गेलसँग विगत ९ महिनाको अवधिमा चलाउनेले ४४ पटक कुराकानी गरेको पाइएको रातोपार्टीले उल्लेख गरेको छ ।No description available.

एआईजी श्यामलाल ज्ञवालीसँग समेत चलाउनेको कुराकानी भएको प्रमाण प्राप्त भएको छ । चलाउनेले एआईजी श्यामलाल ज्ञवाली, डीआईजी दुर्गा सिंह, एसपीहरू कुमोध ढुङ्गेल, सीताराम रिजाल, रवीन्द्र रेग्मी र गौतम केसी, डीएसपीहरू रुगम बहादुर कुँवर, दीपक खड्का, गंगा पौडेल, पूर्णिमा चन्द र अनिल ठकुरीसँग नियमित कुराकानी भएको देखिएको हो ।

जीवन चलाउनेले प्रयोग गर्ने गरेको मोवाइल नम्बरबाट एक दर्जन प्रहरी अधिकारीसँग नियमित कुराकानी भएको पाइएको हो । चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआईजी ज्ञवालीको मोबाइल नम्बरमा एकपटक कुराकानी गरेको देखिएको छ ।

चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बरमा २०८० असार १८ गते रातको ८ः३० मा करिब २ मिनेट कुराकानी भएको पाइएको छ । यद्यपि कुराकानी के विषयमा भएको हो भन्ने विषयमा भने न जीवनले बताएका छन् न एआइजी ज्ञवालीले यस विषयमा मुख खोलेका छन् ।

त्यसैगरी चलाउनेले आफ्नो मोबाइल नम्बरबाट डीआइ.जी दुर्गा सिंहसँग दुई पटक कुराकानी गरेको पाइएको छ ।  एस.पी सीताराम रिजालसँग पनि चलाउनेले ७ पटक मोबाइल फोन मै कुराकानी गरेको पाइएको छ । एसपी रिजालकी श्रीमतीसँग चलाउनेले भाइटिका लगाएको कारण चलाउनेले रिजाललाई भिनाजु भन्ने गर्छन् । यद्यपि एसपी रिजालले चलाउनेलाई मिटरब्याजमा रकम लगानी गरेको आरोप लाग्ने गरेको छ ।

त्यसैगरी एस.पी.हरू रवीन्द्र रेग्मी र गौतम केसीसँग पनि चलाउनेले एक–एक पटक कुराकानी गरेको पाइएको छ । एसपी रेग्मी हाल अपराध महाशाखामा कार्यरत छन् भने एसपी गौतम केसी हाल जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुख छन् ।

त्यसैगरी सुन तस्करी प्रकरणका प्रतिवादी जीवन चलाउने पाँच डीएसपीसँग नियमित संवाद गरेको पाइएको छ ।

चलाउनेले डीएसपी रुगम बहादुर कुँवरको मोबाइल नम्बरमा ३५ पटक कुराकानी गरेको पाइएको छ । डीएसपी रुगम बहादुर कुँवरलाई सुन तस्करी जाँचबुझ आयोगले चलाउनेसँग सम्बन्ध के हो भनी सोधपुछसमेत गरी कागज गराएको थियो ।

त्यसैगरी अर्का डीएसपी दीपक खड्कासँग २६ पटक कुराकानी भएको पाइएको छ । चलाउने र खड्काको चिनजान र सम्बन्ध पनि पुरानो नै रहेको दाबी गरिएको छ । खड्काको पैसा चलाउनेले मिटर ब्याजमा चलाउने गरेको र अहिले पनि खड्काको ५० लाख रुपैयाँ चलाउनेले चलाएको र उक्त रकम अझै तिर्न बाँकी रहेको बताइएको छ । चलाउनेको भाञ्जाको नामबाट जारी भएको ५० लाख रुपैयाँको चेकबुक समेत डीएसपी खड्कासँग रहेको बताइएको छ ।

त्यस्तै अर्का डीएसपी गंगा पौडेलसँग पनि चलाउनेको ७ पटक कुराकानी भएको कल डिटेल्स रिपोर्टमा देखिएको रातोपाटीले लेखेको छ ।

प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन ।

त्यस्तै अर्का डीएसपी पुर्णिमा चन्द र प्रतिवादी जीवन चलाउनेबिच पाँच पटक कुराकानी भएको पाइएको छ । चन्द र चलाउनेबिच पाँच पटक कुराकानी भएको सीडीआर रिपोर्टमा देखिएको छ । चन्द हाल प्रहरी वृत्त स्वयम्भूको प्रमुख छिन् ।

त्यस्तै अर्का डीएसपी अनिलठकुरी र चलाउनेबिच ५ पटक कुराकानी भएको देखिएको हो ।

स.ई. शिव पोखरेलसँग पनि जीवन चलाउनेले एक पटक  कुराकानी गर्ने गरेको पाइएको छ ।

चलाउनेविरुद्ध मुद्दा दायर हुनुभन्दा अगाडिसम्म प्रहरीका अधिकृतहरूले चलाउनेसँग नियमित सम्पर्क गरिरहेको हो । तर चलाउनेविरुद्ध मुद्दा दायर भएपछि भने चलाउनेको उक्त मोबाइल नम्बर नै स्वीच अफ भएकाले कुराकानी गरेको पाइएको छैन ।

उच्च तहका प्रहरी अधिकारीदेखि करिब एक दर्जन प्रहरी अधिकृतसँग चलाउनेको नियमित र अस्वाभाविक सम्पर्क भएको पाइएपनि सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले भने डी.एस.पी रुगम बहादुर कुँवरसँग मात्रै सोधपुछ गरी कागज गराएको थियो । प्रहरीसँग नजिक देखिएका र अस्वाभाविक सम्पर्क देखिएका अन्य प्रहरी अधिकृतसँग पनि आयोगले सोधपुछसम्म गरेको थिएन ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका चार प्रहरी अधिकृतमध्ये रुगमबहादुर कुँवर पनि एक थिए । आयोगले प्रतिवेदनमा चलाउनेलाई भगाउनमा कुँवरले सहयोग गरेको र उनीसँग नियमित सम्पर्क देखिएको आरोप लगाएको छ ।

आयोगले आफ्नो प्रतिवेदनमा चलाउने र डीएसपी कुँवरबिच २ हजार ४ सय पटक कुराकानी भएको दाबी गरेको भएपनि कल डिटेल्स रिपोर्टमा भने ३५ पटक मात्रै कुराकानी भएको पाइएको छ । आयोगले सबैभन्दा बढी सम्पर्कमा रहेका एसपी कुमोध ढुङ्गेल र बारम्बार सम्पर्कमा रहेका डीएसपी दीपक खड्कासँग भने सोधपुछसम्म नगरेको आजको रातोपाटीले समाचार लेखेको छ ।


सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर