वीरगन्ज,२५चैतःवर्षौदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोश्रो ठूलो वीरगन्जको नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि तथा राधेमाई स्थित् कस्ती आख्डा सुधारमा ध्यान दिन वीरगन्जबासीले संघीय सरकारका युवा तथा खेलकुद मन्त्रि विराजभक्त श्रेष्ठसंग आग्रह गरेका छन् ।

आइतबार बिहान नारायणी रंगशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रंगशालामै भेटेर वीरगन्जका खेलप्रेमी र अगुवाहरुले ज्ञापनपत्र बुझाँउदै नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि आग्रह गरेका हुन् ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानसिंहको उपस्थितीमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह लगायतले वीरगन्जबासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रपनि बुझााए
विक्रम संवत २०४२ सालमा वीरगन्जबासीकै अग्रसरतामा १८ बिग क्षेत्रफलमा निर्माण गरिएको नारायणी रंगशाला मर्मत सम्भारको अभावमा बर्षौदेखि जीर्ण बन्दै गइरहेको छ ।झण्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रंगशालाका प्याराफिटहरु ठाँउ ठाँउमा भत्एिका छन् भने पर्खालहरुपनि जीर्ण अवस्थामा छन् ।
चार बर्षपहिले राष्ट्रिय खेलकुद परिषदले रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रंगशालाको पुर्ननिर्माणका लागि ७ करोड रुपैयाँमात्र विनियोजन गरेको थियो ।उक्त रकमबाट पुर्ननिर्माणको काम सुरु गरिएपनि रकम अभावले दुई बर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।
आइतबार वीरगन्जबासीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा अलपत्र रहेको रंगशाला पुर्ननिर्माणको काम पुन सुरु गर्नका लागि आवश्यक रकम सरकारको आगामी आर्थिक बर्षको बजेटमा विनियोजन गरिदिन आग्रह गरिएको छ ।
मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै क्रिकेट संघ पर्साका अध्यक्ष सिंहले भने,‘ यो रंगशाला वीरगन्जको मात्रै नभई समग्र मधेस प्रदेशको धरोहर हो । त्यसका कारण सरकारको थोरै मात्र नजर यसमा पर्यो भनेपनि यसले फेरि नयाँ जीवन पाउन सक्छ ।त्यसका लागि सम्पूर्ण वीरगन्जबासीको तर्फबाट आग्रह छ ।’
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले यसका लागि आँफुले स्थानीय सरकारसंग छलफल गरेर आगामी बजेटमा नारायणी रंगशालाको पुर्ननिर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
रंगशालाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठसंगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रिय सदस्य तथा सांसद मनिष झा, रास्वपाका नेताहरु मुर्ली जलान,राम सुन्दर आर्य,महादेव कुर्मी,पहलवान तथा युवा नेता पुन्देशवर यादव,दिपराज पटेल,लगायतको सहभागीता थियो ।रंगशालाको निरीक्षणपछि आइतबार नै वीरगन्ज महानगरपालिकाको कार्यालयमा स्वागत ग्रहण गर्न पुगेका मन्त्री श्रेष्ठलाई मेयर राजेशमान सिंहलेपनि नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरे ।आफनो कार्यकक्षमा मन्त्री श्रेष्ठलाई स्वागत गर्दै मेयर सिंहले बजेटको अभावमा रंगशलााको पुर्ननिर्माणको काम दुई बर्षदेखि अलपत्र परेको जानकारी गराए ।
काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको बर्षौ बितिसक्यो ।चार दशक पहिले निर्माण भएको नारायणी रंगशाला बर्षौदेखि जीर्ण अवस्थामा पुग्दापनि मर्मत सम्भारका लागि संघ र प्रदेश सरकारले चासो नदिएको वीरगन्ज्बासीको गुनासो छ ।
तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो ।२०४२ सालमा निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए ।
त्यस्तै राधेमाई मठ स्थित् कुस्ती आख्डालाई पनि निरीक्षण गरि आखडालाई सुधार तथा बिशेष किसिमको बनाउनमा आफ्नो मन्त्रालय तथा महानगरपालिकाले सहयोग गर्ने तर्फ पहल गर्ने छ भनि मन्त्रि श्रेष्ठले बताउनु भयो|आख्डा निरीक्षण क्रममा मन्त्रि बिराज भक्त श्रेष्ठ,रास्वपाका संगीयर सांसद मनिष झा,नेता मुरली जलान,राम सुन्द्र आर्य,प्रभात चौरसिया,पहलवान तथा नेता पुन्देश्वर यादव,उमेश सोनार कुस्ती प्रशिक्षक मदन यादव,पहलवान सुजित यादव,मुकेश ठाकुर र तराईकी एक साहसी महिला कुस्ती पहलवान प्रियंका मण्डल लगायतको उपस्थितिथियो | 
,


