Lucky-Khabar_

गृहमन्त्री लामिछानेले व्यापारीलाई अनाहक दुख दिने प्रहरी प्रशासनलाई कारबाही हुन्छ भनि बताएको

वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावटमा नियन्त्रण गर्नका लागि अहिलेको सरकार लागि परेको बताएका छन् ।

content ad p2

गृहमन्त्री रबि लामिछानेले भने, ‘गृह प्रशासन के कुरामा स्पष्ट छ भने गलत क्रियाकलाप नगरीकन राज्यलाई कर तिरेर वैध व्यापार व्यवसाय गरिरहेका हरेक व्यापारी व्यवसायीको पक्षमा प्रहरी प्रशासन छ । ज वैध व्यापार गरिरहेको छ।तस्करी गरिरहेको छैन । राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको छ । त्यस्ता व्यापारी व्यवसायीहरू कसैबाट पनि डराउनु पर्ने अवस्था अब रहँदैन । संरक्षण गर्न प्रहरी प्रशासन तयार छ ।’

वैध व्यापार व्यवसाय गरिरहेका उद्योगी वा व्यापारीलाई दुख दिने काम यदि प्रहरी प्रशासनबाट भएको कहीँ कतै पनि पाइयो भने उसलाई गृह मन्त्रालयले कारबाही गर्ने पनि गृहमन्त्री लामिछानेले बताए |राजश्व सङ्कलनमा देखिएका चुनौतीहरू सामना गर्न नीतिगत रूपमा सरकारले चाल्नु पर्ने कदमबारे सरकार अहिले छलफलमा रहेको भन्दै उनले, ‘यदि कानुन नै संशोधन गर्नुपर्छ भने पनि सरकार कानुन संशोधन गरेर गर्छ |मुलुकमा विधिको शासन लागु गर्नु अहिलेको सरकारको मुख्य ध्येय रहेको बताउँदै सरकार लागि परेको भनि बताउनु भयो ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव नारायण प्रसाद भट्टराई, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलराम पन्थी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रमुख जिल्ला अधिकारी शशीधर अधिकारी, पर्सा र बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, दुवै जिल्लाका उद्योगी व्यवसायी लगायतकोपनि उपस्थिति थियो|

।त्यसतै क्लासिक पार्टि पैलेस होटेलमा पार्टि कार्यकर्ता भेटघाट कार्यक्रममा जनमानसको लिखित तथा मौखिक गुनासो सुनवाई गर्दै कुनैपनि व्यक्तिले कानुन बिबरित कार्य गरे आफ्नो पार्टीको होस् वा जो सुकै होस् कानुन बमोजिम कारवाही हुन्छ भनि बताउनु भयो भनि हाम्रो समबदाता मनोज पण्डितले बताउनु भयो |

सम्बन्धित खबर

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर