Lucky-Khabar_

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन पर्साको कार्यालय खुलने

८ बैशाख वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदामा पनि सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे बताएको हो ।

content ad p2

उक्त सूचनामा राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदाका दिन र शनिबारका दिन बाहेक यस वर्ष परेका १९ वटा सार्वजनिक बिदामापनि कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेकाे सूचनामा २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका १९ वटा सार्बजनिक बिदामा पनि कार्यालयबाट सेवा प्रदान गरिने भएको छ।
यस बर्ष गणतन्त्र दिवस,शहिद दिवस, रामनवमी, घटस्थापना, क्रिसमस डे,ल्हाेसार, गणतन्त्र दिवस, रक्षाबन्धन,बुद्ध जयन्ती, उभाैंली पर्ब, महाशिवरात्री, माघी पर्ब, पृथ्वी जयन्ती, इद उल फित्र, बकर ईद, राष्ट्रिय प्रजातन्त्र दिवस, श्रीकृष्ण जन्माष्टमी गरी विभिन्न पर्ब र दिवस गरी १९ दिन सार्बजनिक बिदा दिइएको भएपनि ती दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने भएको छ।
आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको उक्त सूचना मार्फत जानकारी दिईएको छ । यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जानकारी भएको छ ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर