Lucky-Khabar_

जसपा अशोक राई नेतृत्वको नवगठित ३ मन्त्रीको साँझ शपथ

३१ वैशाख, काठमाडौं । विभाजित जनता समाजवादी पार्टी अशोक राई नेतृत्व बाट सरकारमा सहभागी मन्त्रीहरुले आज शपथ लिने भएका छन् । जसपाका १ मन्त्री र दुई राज्यमन्त्रीले आज साँझ सपथ लिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको सपथको कार्यक्रम तय भएको जसपाले जानकारी दिएको छ ।साँझ हुने सपथ ग्रहणमा जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको सपथ लिन बुझिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको जानकारी प्राप्त भएको छ ।

content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर