Lucky-Khabar_

क्यान्सर गराउने तत्त्व पानीपुरीमा भेटियो

१९ असार,बैंगलुरु । पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ ।

content ad p2

त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो । जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटियो । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन् । संकलित १८ वटा नमुना यति खराब थिए कि खान लायकै थिएनन् । रिपोर्ट आएलगत्तै सरकारले तुरुन्तै विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्रीले के भने ?

कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश राव गुण्डुले यस विषयमा स्वास्थ्य विभागले उचित कारबाही गर्ने बताएका छन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्न नदिइने भन्दै उनले विभागका अधिकारीहरूलाई सडकमा बेचिने पानी पुरीको नियमित रूपमा जाँच गर्न आदेश दिएका छन् । सरसफाइमा ध्यान दिइएको छ र रंगका लागि केमिकलको प्रयोग गरिएको छैन भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।

हुँदैछ गहन छानबिन

कृत्रिम रंगको प्रयोगका कारण यस अघि नै गोबी मन्चुरियन, कबाब र कपास क्यान्डीको उत्पादनमा प्रतिबन्ध लगाइएको स्वास्थ्यमन्त्रीले बताएका छन् । आफूहरूले परीक्षणका लागि नमुना पठाएको अनि पूरै छानबिन भइरहेको पनि उनले बताएका छन् । ल्याबबाट नमुनाको रिपोर्ट आएपछि उपयुक्त कारबाही गरिने उनले बताए । एजेन्सी

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर