Lucky-Khabar_

पहिरोले पुरिएर गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु, २ घाइते

२२ साउन,रुपन्देही । अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु र २ घाइते भएको छ ।

content ad p2

मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जनाएको छ ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए।

मङ्गलवार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो ।

पहिरोमा पुरिएकाहरूको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर