Lucky-Khabar_

नेपाली सेनाका ४५औं प्रधानसेनापतिमाअशोकराज सिग्देल

२५ श्रावण,काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यभार कामु प्रधानसेनापति बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार हस्तान्तरण गरि बुझाएको छ।

content ad p2

भद्रकाली जंगी अड्डामा आयोजित विशेष समारोहका बीच प्रधानसेनापतिको कार्यभारसमेत हस्तान्तरण गर्नुभएको छ। तीनवर्षे कार्यकाल पूरा गरी आगामी भदौ २४ गतेबाट अनिवार्य अवकासमा जानुअघि प्रधानसेनापति शर्माले आफ्नो उत्तराधिकारी सिग्देललाई कार्यभार सुम्पेको हो।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलले बलाधिकृत रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने अख्तियारी दिएपछि शर्माले प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो । नेपाली सेनाको ४५औं सेनापतिको कार्यभार सम्हाल्न लाग्नुभएका बलाधिकृत रथी सिग्देल नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गर्नुभएको थियो।

झन्डै ४१ वर्षदेखि नेपाली सेनाका विभिन्न पदमा कार्यरत रहँदै आउनुभएका प्रधानसेनापति भदौ २४ गतेबाट पदावधिको हदले अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। नेपाली सेनाको प्रचलित परम्पराअनुसार आज शुक्रबारबाट बिदामा बस्दै हुनुहुन्छ।

नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू, रक्षा सचिवलगायत रथी वृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीतिनियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गर्दै रथी सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाईसमेत दिनुभयो।

झन्डै ३८ वर्षदेखि नेपाली सेनामा कार्यरत रहनुभएका बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम सम्पन्न गर्नुभएको छ । उहाँले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ।

अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरूमा सहभागिताका अलावा उहाँले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकका रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा खटिनुभएको अनुभव छ। बलाधिकृत रथी सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित हुनु भएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर