Lucky-Khabar_

उपाधि कसले जित्ला ?‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज,

१भदौ,काठमाडौं । शनिबार आज राती हुने फिनालेमा आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ । ‘भ्वाइस किड्स’को सिजन ३ ले विजेता प्राप्त गर्दैछ ।

content ad p2

४जना कोचका 2/2जना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट छन् ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा भिड्नेछन् ।

बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले शोमा भाग लिएका छन् ।

फिनाले समारोहमा ‘भ्वाइस अफ नेपाल सिजन ६’को घोषणा हुने अपेक्षा गरिएको छ । ‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर