Lucky-Khabar_

वीरगञ्जको ओम श्री साई पोलिक्लिनिकमा निःशूल्क मधुमेह र रक्तचाप परीक्षण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानको गीता मन्दिर रोडस्थित ओम श्री साई पोलिक्लिनिक प्रा.लि.मा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। यो शिविर नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाको आयोजनामा, ओम श्री साई पोलिक्लिनिक प्रा.लि.को संयोजकत्वमा, माईक्रो ल्याब प्रा.लि.को सहयोगमा सम्पन्न गरिएको हो।

content ad p2

शिविरमा मधुमेह र रक्तचाप परीक्षण गरिएको ओम श्री साई पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्राध्यापक डा. प्रमोद सर्राफले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा आयोजित शिविरमा १२० जनाको रक्तचाप र मधुमेह परीक्षण गरिएको छ।

डा. सर्राफका अनुसार, मधुमेह र रक्तचाप दुवै स्वास्थ्य समस्याहरू दीर्घकालीन जोखिमयुक्त अवस्थाहरू हुन्, जसले हृदय, मिर्गौला, र आँखा जस्ता महत्त्वपूर्ण अंगहरूलाई प्रभाव पार्न सक्छ। नियमित परीक्षणले समयमै यी समस्याहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न मद्दत पुग्छ, जसले दीर्घकालीन स्वास्थ्य जोखिमहरूलाई न्यून गर्न सकिन्छ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका उपाध्यक्षसमेत रहेका डा. सर्राफसहित ओम श्री साई पोलिक्लिनिकका डा. सागर सर्राफ, डा. सृजना सर्राफ, र डा. आशिष साह लगायतले चेकजाँच गरेका थिए। परीक्षण गराएकाहरूलाई आवश्यक्ताअनुसार औषधी पनि वितरण गरिएको डा.सर्राफले बताए।

स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाका अध्यक्ष मदन प्रसाद गुप्ताको अध्यक्षतामा, मधेश प्रदेशका अध्यक्ष फूलमहमद मियाँ, पर्सा जिल्ला अध्यक्ष बिनोद कँडेल, उपाध्यक्ष मधु राणा, र बीर शमशेर लगायतको उपस्थिती रहेको थियो।

शिविरको उद्देश्य नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने र रोगको प्रारम्भिक अवस्था पहिचान गरी त्यसको रोकथाम गर्न रहेको थियो।

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर