Lucky-Khabar_

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ % पास

१६ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

content ad p2

काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ % परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७% विद्यार्थी सफल भएका छन् ।

मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको छ ।

डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे । यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो ।

देशव्यापी बाढी र पहिरोका कारण यात्रामा कठिनाइ भोगेका परीक्षार्थीहरूलाई ध्यानमा राख्दै काउन्सिलले असोज १५ गतेको दिउँसो र १६ गतेको बिहानी सत्रमा छुटेका परीक्षार्थीलाई विशेष अवसर प्रदान गरेको थियो ।

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर