Lucky-Khabar_

सन् २००५ पछि समुद्रको तापमान दोब्बरले बढ्यो

१९ असोज, काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै महासागर तात्ने गति पनि सन् २००५ पछि करिब दोब्बर भएको छ । युरोपीय संघको निगरानी संस्था कोपरनिकसको ताजा रिपोर्टले यो कुराको खुलासा गरेको हो ।

content ad p2

महासागरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

कोपर्निकसको समुद्र विज्ञ करिना फोन शुकमानका अनुसार सन् १९६० को दशकदेखि महासागरको तापमान लगातार बढिरहेको छ । तर सन् २००५ पछि यसको वृद्धिदर अझ तीव्र भइरहेको छ । ‘पछिल्लो दुई दशकदेखि तापक्रम वृद्धिको गति करिब दोब्बर भएको छ,’ उनले भनिन्, ‘यसको वृद्धिदर ०.५८ प्रतिवर्गमिटरबाट १.०५ प्रतिवर्गमिटरसम्म पुगेको छ ।’

यो निष्कर्ष इन्टर गभर्नमेन्टल प्यानल फर क्लाइमेट चेन्ज (आईपीसीसी)को विचारसँग मेल खान्छ । उसले, मानिसका कारण ग्रह तात्ने ग्याँस उत्सर्जनले महासागरलाई असर गर्छ भन्ने विचार राख्छ ।

आईपीसीसीका अनुसार सन् १९७० पछि कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्याँस उत्सर्जनका कारण वायुमण्डलमा फैलिने अतिरिक्त तातोपनाको करिब ९० प्रतिशत महासागरले सोस्छ । त्यसैले महासागार पनि तात्छ । अनि महासागर तात्दा विश्वको मौसमी गतिविधि र वर्षा हुने प्रणाली प्रभावित हुन्छ । त्यसबाट तुफान, चक्रवात र अन्य चरम मौसमी घटना सिर्जना हुन्छ ।

कोपर्निकसको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वका २० प्रतिशतभन्दा बढी महासागरहरुमा कम्तिमा एकपटक गम्भिरदेखि चरम गम्भिर अवस्थासम्म समुद्रमा तातोलहर चलेको छ । त्यसबाट समुद्री जीवन र मत्स्यपालनमा प्रतिकूल प्रभाव पर्दछ ।

समुद्री प्रजातिमाथि असर

वैज्ञानिकहरुका अनुसार महासागरमा तातो लहर बढ्दा केही समुद्री जीवको पलायन वा सामूहिक मृत्युसमेत हुनसक्छ । त्यसले इकोसिस्टम (पारिस्थितिक प्रणाली) लाई क्षति पुग्छ, पानीको प्रवाहलाई असर गर्छ र पोषक तत्व वितरण रोकिन्छ ।

समुद्रविज्ञ शुकमानका अनुसार समुद्र तातो हुने अवधि पनि बढेको छ । सन् २००८ देखि तातो हुने औसत अवधि बढेर २० देखि ४० दिनसम्म पुगेको छ । आर्कटिकको उत्तरपूर्वी ब्यारेन्ट्स सागरको पिँधसम्मको केही हिस्सामा तातो लहर देखिएको छ ।

भूमध्य सागरमा सतहबाट करिब १ हजार ५०० मिटर तलसम्म तातो लहर पुगेको थियो । यसबाट थाहा हुन्छ तापमान वृद्धि हुँदा समुद्रको गहिराइसम्म पनि तातो लहर पुगेर क्षति पुर्‍याउन सक्छ ।

महासागर तात्दा जैविक विविधतामा पनि असर गर्छ । समुद्रदेखि जमिनसम्मको जीवन र वायुमण्डलको प्रणालीसम्म प्रभावित हुन्छ ।

रिपोर्टमा लेखिएअनुसार स्पेनको बेलियरिक द्वीपका किनारमा पानीको अम्लीयपन पनि करिब ३० प्रतिशतले बढेको छ । अधिक कार्बन डाइअक्साड जस्ता हरितगृह ग्यास सोस्दा समुद्रको पानी अधिक अम्लीय हुने गर्दछ । अम्लीयपन अझै बढ्ने र समुद्री जीवलाई गम्भिर असर पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।एजेन्सी

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर