Lucky-Khabar_

भारतीय वन रक्षकले हानेको गोली लागेर नेपाली बर्दियाको बलराम लोध घाइते

८ असोज नेपालगञ्ज। भारतीय सशस्त्र वन रक्षकले हानेको गोली लागेर नेपाली बर्दियाको बलराम लोध(४५) घाइते भएका हुन्।

content ad p2

बलराम च्याउ टिप्न साथीहरुसँगै आइतबार साँझ सीमावर्ती मुर्तियाको जंगलमा पुगेका थिए । आफूहरुलाई देख्नासाथ भारतीय सशस्त्र वन रक्षकको गस्ती टोलीले
२ राउन्ड गोली चलाएको घाइते बलरामले जानकारी दिए।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ।भाग्दै नेपालतर्फ आएर ज्यान जोगाएँ लोधले भने । गोलीले घाइते भएका बलरामलाई उनका आफन्तले जिल्ला अस्पताल गुलरिया लागेका थिए।

जिल्लाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेपछि आइतबार राति शिक्षण अस्पताल आइपुगेका हुन् ।बलरामको परिवारको खेत नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको ६२ नम्बर पिल्लर नजिकै छ ।

थुपै पटक गोली समेत चलाउने गरेका छन् । १ असार २०८१ मा गुलरिया नगरपालिका वडा–९ का खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
सोहि क्रममा खुटटा भाचिएका उनलाई छाड्न ५० हजार बुझाउनुपर्ने शर्त राखेका थिए ।

१७ असार २०७९ मा गुलरिया–३ का हेमराज गोडियालाई गोली हानेका थिए । भारतीय जङ्गलमा निउरो टिप्न गएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

१४ चैत २०७१ मा सशस्त्र वन रक्षकले अन्तर्राष्ट्रिय सीमा स्तम्भ ६२ र ६३ बीचको दशगजाबाट करिब ४ सय मिटर नेपालतर्फ आएर ४ राउन्ड गोली प्रहार गरेका थिए । गोली लागेर गुलरिया ११ आशापुरका २८ वर्षीय रमेश लोध घाइते भएका थिए ।

३ चैत २०७१ मा भारतीय वनरक्षकको टोली हतियारसहित नेपाली भूमिमा प्रवेश गरी बादर धपाउँदै गरेका गुलरिया १६ नम्बर गाउँका रूपलाल विक (३५) लाई कुटपिट गरेका थिए ।

विकलाई वन्यजन्तु चोरी शिकारको झुटो अभियोग लगाउँदै बहराइच कारागार चलान गरेका थिए । कामको खोजीमा भारत देहरादुन जान लागेका सानोश्री ७ का कृष्णप्रसाद न्यौपाने र जितेन्द्र थापालाई भारतीय वनरक्षकले पक्राउ गरेका थिए ।

भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका बर्दियाका हर्कबहादुर शाही, राममिलन लोधको अवस्था अहिले सम्म अज्ञात छ ।

बर्दियामा नेपाल भारतको खुला सीमा क्षेत्र ७८ किलोमिटर छ । दर्जनभन्दा बढी नेपाली गाउँ सीमामा छन् । सीमावर्ती क्षेत्रमा नेपाल र भारतीय नागरिकबीच बिहेबारी समेत हुने भएकाले ओहोर दोहोर भईरहने र गर्नुपर्ने बाध्यता छ । तर वन रक्षकहरु अनावश्यक दुःख दिएका कारण नेपाली नागरिक हैरानी बाध्य भएर खेपिरहेको हुन्छ ।

सम्बन्धित खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर