Lucky-Khabar_

केएमसीका इन्टर्न डाक्टरहरु अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा

१कार्तिक,काठमाडौं| काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरु आफूले एमबीबीएस पढ्दा कलेजलाई बुझाएको अतिरिक्त शुल्क फिर्ता गर्न आन्दोलन गरेका छन् ।

content ad p2

केएमसी अक्टोबर १८ ब्याचका ७४ जना विद्यार्थीहरुले २ महिनाअघि एमबीबीएस उत्तीर्ण गरेका थिए । उनीहरुले एमबीबीएस उत्तीर्ण गरेपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा इन्टर्न गर्दै आइरहेका थिए ।

त्यस्तै इन्टर्न डाक्टरहरुले कलेजलाई इन्टरनल एक्जाम फि १ लाख ८० हजार, रजिस्ट्रेसन फि १५ हजार गरेर ४ लाख ९० हजार अतिरिक्त शुल्कसहित ५१ लाख २५ हजार रुपैयाँ बुझाएको जनाएको छ । केएमसी अक्टोबर १८ का ब्याचका इन्टर्न डा.हृदयराज संग्रौलाले अतिरिक्त शुल्क फिर्ता गर्न २०८१ भदौ २० र असोज ६ गते गरेर दुई पटक निवेदन दिए पनि कलेजले कुनै प्रतिक्रिया नदिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।उनले भने,”कलेजले यथाशीघ्र इन्टर्न डाक्टरहरुसँग लिखित सहमति नगरेको खण्डमा कानुनी उपचार खोज्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं” ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर