४कार्तिक् वीरगञ्ज । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको गिरफ्तारीकोजनमत पार्टीले कडा विरोध गरेको छ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले लामिछानेलाई राज्यले ‘फ्रेमिङ’ गरेर पक्राउ गरेको आरोप लगाएका छन्।

लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले फेसबुकमा लेखेका छन्, “२१ सिट भएको नयाँ राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको गिरफ्तारी प्रतिशोध र निषेधको राजनीति हो।” यसअघि पनि जनमत पार्टीले उपसभामुखलाई हटाउने एमालेको प्रयासको विरोध गरेको थियो।

डा. राउतको ताजा अभिव्यक्तिले मधेश प्रदेशमा सत्ता संकट थपिएको छ। स्रोतका अनुसार राउत प्रदेश सरकारबाट बाहिरिन चाहन्छन्। प्रदेश सरकारमा मुख्यमन्त्री सतीश कुमार सिंहको भूमिकाले जनमत पार्टीभित्र आन्तरिक वातावरणबिग्रेको छ भने जनमतको लोकप्रियतामा गिरावट आएको छ।

एमाले, कांग्रेस, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशको सरकारलाई समर्थन गर्दै आएका छन्। तर, नेपाली कांग्रेस जनमत पार्टीसँग असन्तुष्ट रहेको जनाइएको छ। मुख्यमन्त्री सिंहविरुद्ध कांग्रेस सक्रिय रहेकाले डा. राउतको अभिव्यक्ति कांग्रेसका लागि विवादको विषय बनेको छ।
डा.राउतले लामिछानेको गिरफ्तारीलाई राज्यद्वारा ‘फ्रेमिङ’ गरिएको भन्दै सरकारको कदमको आलोचना गरेका छन्। उनले आफ्नो विगतको पीडा लामिछानेको गिरफ्तारीसँग जोड्दै भनेका छन्, “राज्यले ऐन कानुनको दुरुपयोग गरेर सर्वसाधारणलाई अन्यायमा पार्न सक्छ।”
जनमत पार्टीका एकजना मन्त्रीले मधेश प्रदेशमा तिहार अगावै सरकारमा ठूलो फेरबदल हुन सक्ने सम्भावना रहेको बताए। जनमत पार्टी अब प्रदेश सरकारबाट बाहिरिन चाहन्छ।उनले बताए |


