Lucky-Khabar_

खुकुरी प्रहार गरेर हत्या गर्ने बारामा १ व्यक्ति पक्राउ

१५कार्तिक्, बारा | कार्तिक ७ गते ५५ वर्षीय पुरुषको हत्या गर्ने अभियुक्तलाई बारामा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

content ad p2

महागढीमाई नगरपालिका-१ बाराको सेमरा तेगछीयाका ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको कात्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो।

यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाउँका ६४ वर्षीय सोगाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थारूलाई यादवको हत्या भएकै दिन पक्राउ गरिएको बताए। सापकोटाले बताए अनुसार घरबाटै पक्राउ गरिएका थारूले जग्गा सम्बन्धी पुरानो रिसिबीको कारण यादवको हत्या गरेको बयान प्रहरीलाई दिएको छ ।

प्रहरीका अनुसार थारूले यादवको जग्गा वर्षौदेखि अधियाँमा कमाउँदै आएका थिए। वर्षौदेखि आफूले अधियाँमा कमाउँदै आएको जग्गामा मोही हक लाग्ने भन्दै थारूले भनेपछि यादवले आफ्नो जग्गा थारूबाट फिर्ता लिएका थिए। त्यसैको आक्रोशमा थारूले यादवको हत्या गरेको प्रहरीले बताएको छ।

यादवको हत्यामा थारूले प्रयोग गरेको खुकुरी भने थारूले आफ्नै घर पछाडिको झाडीमा लुकाएर राखेको अवस्थामा बिहीबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए। पक्राउ परेका थारूलाई प्रहरी हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको भने सापकोटाले बताए।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर