Lucky-Khabar_

आज नेपाल र अमेरिकाबीच खेल हुँदै

१७ कात्तिक, काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

content ad p2

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो ।

त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग–२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

सम्बन्धित खबर

विश्वकप फुटबल : स्पेन–अस्ट्रिया र पोर्चुगल–क्रोएशियाबीच आज रोमाञ्चक प्रतिस्पर्धा

लक्की खबर

नारायणी रङ्गशाला स्तरोन्नतिका लागि १५ करोड ५० लाख बजेट, फ्लडलाइटदेखि कभर्डहलसम्मका कामले गति लिने

लक्की खबर

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाली खेलाडीको सानदार सुधार: दीपेन्द्र र सन्दीपको छलाङ

लक्की खबर