Lucky-Khabar_

बस र हायस नारायणगढ–मुग्लिन सडकखण्डमा ठोक्किँदा ४ जनाको मृत्यु

२३ कात्तिक, नारायनगढ़ । बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए ।

दुर्घटनामा ३ पुरुष र १ महिलाको मृत्यु भएको सबै हायस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०र ४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

content ad p2

बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्ट प्रहरीको नियन्त्रणमा छ । बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् । घाइतेहरुमध्ये ४ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने 2 जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर