Lucky-Khabar_

शेख हसिनालाई बङ्गलादेश सरकारले भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने

२६ कात्तिक, काठमाडौँ । अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ ।

हसिनासँगै उनको पार्टीका सम्पर्कविहीन भएका अरु नेताहरूलाई खोज्न पनि बङ्गलादेशले इन्टरपोलको सहयोग लिने भएको हो । बङ्गलादेशको अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्न भनेको छ ।

content ad p2


यसअघि पूर्व प्रधानमन्त्री हसिना अपदस्थ हुनेगरी बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन भएकामा प्रहरीले गरेको कारबाहीमा ७ सयभन्दा धेरैको ज्यान गएको थियो । आन्दोलन चर्किएको समयमा हसिना देश छाडेर भाग्न बाध्य भएकी थिईन् ।

हसिना र अन्य अवामी लीगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन प्रहरीलाई आदेश दिएको आरोप छ । नयाँ अन्तरिम सरकारले हसिनामाथि मानवताविरुद्धको अपराध गरेको आरोपसमेत लगाएको छ ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर