Lucky-Khabar_

पर्साको सुवर्णपुरमा आँखा शिविर सम्पन्न

४ मंसिर,ठोरी । पर्साको सुवर्णपुरमा मङ्गलबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगङ्गा आँखा उपचार केन्द्र निचुडा , सामुदायिक आँखा अस्पताल हेटौंडा र ठोरी गापा वडा ५ को कार्यालय , सुवर्णपुरको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको छ

शिविरमा ११९ जना महिला र ८४ जना पुरुष गरि २०३ जनाले आँखा जाँचपरीक्षण गराएको ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।

आँखा जाँच गराएका मध्ये २४ जनामा मोतियाबिन्दुको समस्या देखिएको वडाध्यक्ष लोप्चनले जनाएको छ । १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दुको समस्या देखिएको बिरामीहरुको यही मङ्सिर ७, ८ र ९ गते निचुडा स्वास्थ्य केन्द्रमा निशुल्क शल्यक्रिया गरिने समेत आयोजकले जानकारी दिएको छ ।

आँखा शिविरको प्रस्तावित सुवर्णपुर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक भरत बहादुर बि.सि. उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष लोप्चन , तिलगङ्गा आँखा अस्पतालका कोअर्डिनेटर सुशिल सिंह लगायतले मन्तव्य व्यक्त गर्दै शिविरको महत्व विषयमा चर्चा गरेका थिए । कार्यक्रममा ठोरी –५ का जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर