१४ मंसिर,काठमाडौं । मध्य प्रदेशको खाण्डवामा जुलुसका क्रममा आगलागी हुँदा ३० जना जलेर घाईते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे जानकारी दिँदै खण्डवाका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार राईले भने ‘सभाको रूपमा एउटा कार्यक्रम राखिएको थियो । जुलुस गर्न अनुमति लिइएको थियो । सभाको समापनको क्रममा सहभागीलो बोकेको राँकोबाट आगो लागेको थियो ।’

प्रहरी उपरीक्षक राईका अनुसार “जुलुसको क्रममा घेरा बनाएर उभिएका केही महिला, केटाकेटी र पुरुष थिए। उनीहरुको अनुहार र हात जलेको छ।”
जिल्ला अस्पतालमा करिब ३० जना ल्याइएका तीमध्ये १८ जना प्राथमिक उपचारपछि घर गएका प्रहरी उपरीक्षकले भने, ‘अहिले १२ जनालाई प्राथमिक उपचार भइरहेको छ, कसैलाई पनि खतरा छैन ।”


