Lucky-Khabar_

प्रजिअलाई बालविवाह न्यूनीकरणका लागि पहल गर्न ज्ञापनपत्र

१६ मंसिर, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जवाफदेहिताका लागि नागरिक अभियानले आज बालविवाह न्यूनिकरणका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ ।

बाल विवाहले बालबालिका र किशोरकिशोरीको स्वास्थ्य तथा भविष्यमा निम्त्याउने जोखिमलाई मध्यनगर गर्दै कानूनमै निर्माण भएपनि व्यवहारमा त्यसको पालना हुन नसक्दा अझै पनि वर्षेनि हजारौं बालबालिकाको बालविवाह हुनु चिन्ताजनक भएको भन्दै अभियानले प्रमुख जिल्ला अधिकारी अर्यालको ध्यानाकर्षण गराउँदै सो ज्ञापन पत्र बुझाएको हो ।

content ad p2

पर्साका केही पालिका तथा वडाहरुले बालविवाह गराउने परिवारलाई आफ्नो कार्यालयबाट दिइने सेवा सुविधा प्रदान नगर्ने घोषणाका साथ यस कुरीतिको न्यूनिकरणको प्रयास थाले पनि अधिकांश जनप्रतिनिधिनै त्यस्ता विवाहमा सामेल हुने गरेका कारण पनि यसमा खासै परिवर्तन नदेखिको निष्कर्षका साथ पर्साका १४ वटै पालिकाका जनप्रतिनिधिहरुसँग यस विषयमा पहल गरिदिन भन्दै सो ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य प्राध्यापक विरेन्द्र साहले जानकारी दिए ।

अन्तरराष्ट्रिय दातृ संस्था यू.एस.एड.÷सी.एस.एम. र द एसिया फाउन्डेशनको सहयोगमा हाम्रो अभियान, पर्साद्वारा सञ्चालित ‘मिडिया फेलोसिप मार्फत महिला, युवा र सीमान्तकृत समुदायको सशक्तिकरण’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार, नागरिक अगुवा, सामाजिक अभियन्ता एवं

अधिकारकर्मी सम्मिलित यस अभियानले महिला र अपांगमैत्री सरकारी कार्यालय, युवा र सीमान्तकृतका अधिकारको विषयमा वकालत गर्दै आएको कार्यक्रम संयोजक सलमा खातुनले जानकारी दिईन् ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा पर्सा र बाराका पत्रकार, समाजसेवी, प्राध्यापक, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर