Lucky-Khabar_

अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा आएको

२३ मंसिर,काठमाडौं । अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लु आइतबार नेपाल भ्रमणमा आएका छन् ।

सहायक विदेशमन्त्री लू आइतबार ३ दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा काठमाडौं आएका हुन् ।

content ad p2


लुले काठमाडौंमा रहँदा बिभिन्न राजनीतिक दलका नेता,नागरिक समाजसँग कुराकानी गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । लु को भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर