Lucky-Khabar_

रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गर्‍यो काँग्रेस सांसद शर्माको भनाई

२५ मंसिर,काठमाडौँ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको भनि नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले बताएका छन्।

content ad p2

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मंगलवार सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे। उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए।

सांसद शर्माले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको स्पष्ट पारे। उनले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पु¥याउने काम गरेकोप्रति आपत्ति जनाए। उनले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए।

उनले लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे। उनले नेपाली काँग्रेसको गृहमन्त्री भएका वेला न्यायिक निरुपणको विषय स्पष्ट रूपमा हुनुपर्ने बताए।

त्यस्तै सांसद शर्माले भने‚ ‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार ग¥यो। अनुसन्धान गर्ने कुरा सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय हो तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ। मध्यरातमा अमानवीय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन। सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरेको छ। सरकारमा कम्युनिष्ट पार्टी मात्रै छैन। नेपाली काँग्रेस पनि छ। म नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलाई तत्काल तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गरियोस् भन्न चाहन्छु।’

सांसद शर्माले सरकारले लामिछानेलाई नियतवस वा जानीजानी मानसिक रूपमा कमजोर बनाउन विभिन्न ठाउँमा पु¥याउने काम गरिरहेको बताए। उनले लोकलाई लाज हुने गरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर