Lucky-Khabar_

रास्वपा सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

२७ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

content ad p2

सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई फेरी थप ५ दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशले लामिछानेलाई सातौं पटक हिरासतमा राख्ने म्याद थप गरेको हो ।


लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेकाले अब मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले बताएको छ ।

गत कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन र चार दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक ५ दिन म्याद थप भएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहनु भएका लामिछानेविरुद्ध चितवन, पर्सा, काठमाण्डौ, रुपन्देही र पर्सामा सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएकोमा सबै जिल्लामा बयान सकिसकेको छ ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर