२९ मंसिर,काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले व्यक्त गरिन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएकी हुन्।

लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको कार्कीले बताएकी छन्।
उनले हिरासतमा राखेका लामिछानेलाई २–२ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पारेकी छन्।सरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताइन्।

‘एउटा मान्छेलाई २–२ दिनमा अदालत परिवर्तन गराइरहेको छ। हाजिर गराइरहेको छ एउटै मान्छेलाई। त्यो मान्छेको मानवअधिकार कहाँ गयो? प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ। यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ।’कार्कीले भनिन |
अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उनको तर्क थियो। न्यायालयले उचित न्याय दिने उनको कथन छ। अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उनले बताइन्।

‘तर सरकारले के ग¥या छ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो‚ कति महिना कुदिरा छ। त्यो त अति भयो। हेर्दाखेरी हामीलाई पनि लाज शरम आउन थाल्यो। यो त हदै भयो।’कार्कीले भनिन|
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धान गर्ने क्रममा काठमाडौँ‚ पोखरा‚ बुटवल‚ चितवन र पर्सामा बयान लिइएको छ।
उनले संविधान संशोधन हुनुपर्नेमा आफ्नो विमति नभए पनि यति चाँडै संविधान संशोधन गर्न आवश्यक नभएको उनको भनाइ छ। नेताहरू आफू अकर्मण्य भएको कुरा स्विकार्नुको साटो दोष संविधानको टाउकोमाथि राखेर संविधानले गर्दा काम गर्न सकेनौँ भन्न नहुने कार्कीले भनिन उल्लेख गरिन्।


