Lucky-Khabar_

बिष्णुपुर गाउँपालि सिरहाका उपाध्यक्षले सरकारी गाडी तोडफोड गरिन

२१ पुस, सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले आफुले चढ्ने पालिकाको सरकारी गाडी तोडफोड गरेकी छिन् ।

content ad p2

उपाध्यक्ष सिहंले समयमा लिन नआएको भन्दै पालिको बा.२ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन ।

पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले सिंहको व्यवहारप्रति कुरा उठ्न थालेको छ।

स्थानीयबासीका अनुसार, उपाध्यक्ष सिंहको २ वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। ।

स्थानीयले बताए अनुसार अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको छिन । आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँ पालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिए समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।

गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाढी सुविधा दिएको छैन। कार्यालयको १ थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएको छ। उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्।
आज कार्यक्रममा जान अध्यक्षसँग गाढी माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्य भएर गाडी तोडफोड गरेको बताईन ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर