Lucky-Khabar_

सरोज चौधरी प्याब्सन पर्साको अध्यक्षमा निर्वाचित

२१पुस,वीरगञ्ज । सरोज चौधरी निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको अध्यक्षमा निर्वाचित भएका छन् ।

content ad p2

साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक चौधरी आइतबार सम्पन्न प्याब्सन पर्साको १६ औँ अधिवेशनबाटअध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको ४८ मतमध्ये चौधरीले २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिवप्रसाद गुप्ताले २२ मत प्राप्त गरे ।४ मतको अन्तरले चौधरीले प्याब्सन पर्साको नेतृत्व गर्ने अवसर पाएका छन् ।

चौधरी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने गुप्ता उपाध्यक्ष थिए ।

प्रमुख निर्वाचन अधिकृत एवम् प्याब्सनका केन्द्रीय सदस्य छेडूप लामाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर