Lucky-Khabar_

लायन्स क्लबहरूले वीरगञ्जमा संयुक्त रुपमा पौष्टिक भोजन वितरण

२३ पुष, वीरगञ्ज । लायन्स क्लबहरूले वीरगञ्ज मेट्रोसिटी, गेटवे, ह्यूमनिटी, संस्कृति गोल्ड, तथा सुप्रीमको संयुक्त रुपमा वीरगञ्ज महावीरस्थान क्षेत्रमा पौष्टिक भोजन वितरण कार्यक्रम गरेको छ।

मेलविन जोनको १४६औँ जन्मोत्सवको अवसर पारेर आयोजित यस कार्यक्रममा साथीहरूलाई पूरी, जलेबी, र तरकारीजस्ता पौष्टिक भोजन वितरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता एमजेएफ अशोक बेरीवालले गरेका थिए। सो कार्यक्रममा भूतपूर्व डिस्ट्रिक्ट गभर्नर वरिष्ठ लायन डा. आरपी खेतान, उपगभर्नर आरभी पाण्डेय, डा. पशुपति नाथ भट्ट, डा. दिगंबर कुमार, प्रदीप कुमार अग्रवाल, सचिव उमेश कुमार गुप्ता, अंकित चौरसिया, नरोत्तम पाण्डेय लगायत लायन्स क्लबका पदाधिकारी, पत्रकार, र स्थानीयहरुको जनसहभागिता  रहेको थियो।

लायन्स क्लबहरूले सामाजिक सेवाको भावनाका साथ आयोजना गरेको यस कार्यक्रमले सामुदायिक सहयोग र सेवाको महत्वपूर्ण सन्देश प्रवाह गरेको छ। सहभागीहरूले यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

content ad p2

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर

हजारौं श्रद्धालुको सहभागितामा वीरगञ्जमा श्री गहवामाईको चौथो रथयात्रा सम्पन्न

लक्की खबर