Lucky-Khabar_

चीनको तिब्बतमा भूकम्प जादा ज्यान गुमाउनेको संख्या ९५ पुग्याे

२३ पुष,काठमाण्डौ| चीनको तिब्बतमा  भूकम्प जादा  ज्यान गुमाउनेको संख्या १ सय भन्दा  बढी  पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले  उल्लेख गरे अनुसार तिब्बतमा  ६.८ म्याग्निच्युडको भूकम्प जादा  अहिलेसम्म ९५ जनाको ज्यान गएको  छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । आज गएको भूकम्पको धक्का काठमाडौं नेपालको तराई लगायत अन्य  विभिन्न जिल्लामा पनि  महसुस गरिएको छ ।

content ad p2

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर