२३ काठमाडौं,मंगलबार आज बिहान नेपालमा गएको भूकम्पमा परी १३ जना घाइते भएका छन्। नेपाल प्रहरीले जनाए अनुसार बारामा ११, काठमाडौंमा १ र काभ्रेमा १ जना घाइते भएका हुन्।

भूकम्पले गर्दा ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपाल्चोक र रामेछापमा क्षति भएको छ।
भूकम्पले विभिन्न जिल्लामा ९ वटा भौतिक संरचनामा क्षति पुगेको छ।आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ भनि राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


