२६ पुस, बीरगञ्ज। लागूपदार्थ सहित १ युवकलाई सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बीरगञ्जले पक्राउ गरेको छ।
बीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय अगाडि रहेको चेक प्वाइन्टमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी २८ वर्षीय अनिल राईलाई कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड युक्त १०० मिलिलिटरको प्रतिबन्धित सिरपसहित नियन्त्रणमा लिइएको हो।
राईसँग साइकलसमेत बरामद गरिएको छ। थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई प्रहरी चौकी ईनर्वामा पठाइएको सशस्त्र प्रहरी बलले बताएको छ।



