Lucky-Khabar_

जनमत पार्टीका युवाहरुले आगो वीरगञ्जमा ताप्ने व्यवस्था मिलाए

१२माघ्,बिरगंज| ,जनमत पार्टीका यूवाहरुले बिरगंजका विभिन्न चोकमा दाउरा बालेर सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएका छन्।

जनमत पार्टी निकट युवा जनमत संघका नेता कार्यकर्ताले दाउराको जोहो गरेर आगो बालेका हुन्।

वीरगञ्जको पावर हाउस चोक,घण्टाघर चोक,नयाँ बसपार्क चोक,माइस्थान चोक,महावीर स्थान,नारायणी अस्पताल,ईनर्वा लगायतका स्थानमा आगो ताप्ने व्यवस्था युवाहरुले मिलाएका हुन्।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले  बताए अनुसार  राजनीतिमा लागेका युवाहरुलाई समाजसंग जोडदै समाजमा रचनात्मक र सृजनात्मक गतिविधिमा उत्प्रेरित गर्ने जनमत पार्टीको अभियान अन्तर्गत जनमत युवा संघका युवाहरुले अहिलेको चिसो मौसममा सर्वसाधारणलाई राहत दिन ठाँउ ठाँउमा आगो ताप्ने व्यवस्था मिलाएको  छ ।

युवा जनमत वीरगञ्ज महानगर संयोजक संजय सिह,कोषाध्यक्ष सिकेन्द्र राम,सचीव लोकेश कर्ण,साजन सिह लगायतको युवाहरूको सक्रियतामा आगो बालिएको जनाइएको छ।

content ad p2

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर