२७ माघ,काठमाडौँ । बजारमा आज सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।


