Lucky-Khabar_

भारतीय एक पुरुषको शव ठोरीमा शङ्कास्पद अवस्थामा फेला

२८ माघ,वीरगञ्ज ।भारतीय एक पुरुषको शव पर्साको ठोरी गाउँपालिकामा शङ्कास्पद अवस्थामा फेला परेको छ ।

content ad p2

ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै भारतीय पुरुषको शव शङ्कास्पद अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जित लामाका अनुसार, मृतकको पहिचान भारतको पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा भएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको इन्स्पेक्टर लामाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोजनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर