१५ फागुन,बिरगंज। पर्सा प्रहरीले ७६ केजी लागू औषध गाजा सहित २ जना पक्राउ गरेको छ| विशेष सूचनाको आधारमा २ फरक स्थानबाट ७६ केजी लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।

पर्साको जिराभवानी गाउँपालिका–३, जितपुरस्थित सडकखण्डमा पैदल यात्री पटेर्वासुगौली वडा न ४ भाथौरा बस्ने अर्जुन महतोलाइ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीलेपक्राउ गरेको छ । चेकजाँच गर्दा उनको हातमा रहेको कालो प्लास्टिकभित्र २३/२३ केजीका दुई पोका लागू औषध गाँजा फेला परेको थियो।

त्यस्तै पटेर्वासुगौली–१, पुरानो भाठास्थित सडकखण्डमा वडा नं. १, गदियानी बस्ने असलम अन्सारीलाइ नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको संयुक्त टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संकास्पद रूपमा टाउकोमा बोरा बोकेर हिँड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो|अन्सारीलाई चेकजाँच गर्दा बोरा भित्र ३० केजी लागू औषध गाँजा फेला परेको थियो।
पक्राउ परेका दुवै जनालाई लागू औषधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक(एसपी) गौतम मिश्रले जानकारी दिएका छन्।



