Lucky-Khabar_

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ भूकम्प

१६ फागुन, काठमाडौँ ।आज बिहान करिब २.५१ बजेको समयमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ भूकम्प गएको छ| जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । प्राप्त विवरण अनुसार हालसम्म भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका १ कैदी बन्दी घाइते भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ ।

content ad p2

इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले जानकारी दिए । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।

विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अहिलेसम्म जानकारी भए अनुसार २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

लक्की खबर

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

लक्की खबर

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

लक्की खबर