Lucky-Khabar_

वीरगञ्जको मुर्लीमा कुटपिट भएकोमा एक जना गम्भीर घाईते

२९ फागुन,वीरगञ्ज । वीरगञ्जको मूर्लीमा कुटपिटबाट एक जना गम्भीर घाईते भएका छन् । मुर्ली स्थित कृषि सामग्री कम्पनी सामुन्ने रहेको नेशनल औषधि पसल सँगैको पसल छेउमा आज दिउँसो भएको कुटपिटबाट एक युवक गम्भीर घाईते भएका हुन् ।

content ad p2

घाईतेको निधारमा गम्भीर चोट लागेर अचेत अवस्थामा उद्दार गरी नारायणी अस्पतालमा लगिएको छ । कुटपिटमा संलग्न रहेका दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ती युवकलाई हेलमेटले टाउकोमा प्रहार गर्दा गम्भीर चोट लागेको हो ।


घाईते युवक र कुटपिट गर्ने युवकको परिचय भने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले खुलाउन चाहेनन् । कुटपिटमा संलग्न रहेका दुईजनालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएर ल्याएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रहरी निरीक्षक बस्नेतले बताए अनुसार दुवैपक्षबीच लेनदेनको विषयमा विवाद हुँदा कुटपिट भएको भन्ने बुझिएको र बाँकी बुझ्ने काम भईरहेको छ । उनका अनुसार कुटपिट गर्नेहरुको ठेगाना वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ बताएपनि यकिन ठेगाना भने अहिले नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

कुटपिट गर्ने र घाईतेका आफन्तहरु वडा प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरुलाई घाईतेको अवस्था बुझेर आउनु भनेर अस्पतालमा पठाईएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर