Lucky-Khabar_

वीरगञ्जको ठाकुरराममा स्ववियु निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न ४० प्रतिशत मत खस्यो

५ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराममा स्ववियु निर्वाचन १६ वर्षपछि भएको शान्तिपूर्ण तरिकाले सम्पन्न ४० प्रतिशत मत खसेको छ ।

content ad p2

जम्मा कुल मतदाता १० हजार ७२९ मध्ये ४० प्रतिशत अर्थात् ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बताए ।

निर्वाचनको क्रममा केही सानातिना विवाद देखिए पनि स्थिति नियन्त्रणमा रहेको र मतदान प्रक्रिया प्रभावित नभएको उनले जानकारी दिए ।

२०६३ सालमा भएको स्ववियु निर्वाचनबाट चुनिएका पदाधिकारी र सदस्यहरूको कार्यकाल २०६५ मा सकिएयता ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । मंगलबार बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म चलेको मतदान प्रक्रिया निर्धारित समयमा बिहान ८ बजे सुरु हुने भनिए पनि तयारीमा ढिलाइका कारण दुई घण्टा ढिलो भएको थियो ।

राति १० बजेदेखि मतगणना भने सुरु गर्ने निर्णय सुरक्षा निकायका प्रमुख र सभापतिका १४ उम्मेदवारहरूको सहमतिमा गरिएको छ ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर