Lucky-Khabar_

सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादवले जनताको घरदैलोमा जनता दर्शन र विकास योजनाको अनुगमन

६ चैत,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले जनताको घरदैलोमा जनता दर्शन र विकास योजनाको अनुगमन शुरु गरेको छ | पालिका प्रमुख यादवले आज वडा नं. १ का विभिन्न टोलहरूमा जनता दर्शन कार्यक्रम आयोजना गर्दै नागरिकका समस्या सुनेका छन्। जयमाङलापुर, गढी टोल, लामा टोल, सखुवानिया लगायतका क्षेत्रमा पुगेर उनले स्थानीयका गुनासो सुन्नुका साथै नयाँ निर्माण हुन लागेका विकास योजनाहरूको स्थलगत अनुगमन गरेका हुन्।

जनता दर्शन कार्यक्रममा सहभागी स्थानीयले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका समस्या राखेका थिए। पालिका प्रमुख यादवले जनताका गुनासोलाई तत्काल सम्बोधन गर्ने र विकास योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

content ad p2


तस्तै उनले गाउँपालिकाले नयाँ निर्माण गर्न लागेका विभिन्न योजनाको अनुगमन गरी निर्माणको गुणस्तर र समयसीमामा ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।

पालिका प्रमुख यादवको यस पहलले स्थानीय नागरिकमा उत्साह थपेको छ। गाउँपालिकाले जनताको समस्यालाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई तीव्रता दिने बताए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर