Lucky-Khabar_

वीरगञ्जको मुख्य सडकको अतिक्रमण हटाउने बारे सीमाङ्कनकोको काम सुरु गर्न नापी कार्यालयलाई सडक डिभिजनको निर्देशन

१० चैत,वीरगञ्ज ।वीरगञ्जको मुख्य सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रको अतिक्रमण हटाउने बारे सीमाङ्कनकोको काम सुरु गर्न नापी कार्यालयलाई सडक डिभिजनको निर्देशन गरेको छ | नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकाको त्रिभुवन राजपथको सडक सीमाङ्कन गर्न पहल थालेको छ ।

content ad p2

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले नापी कार्यालय पर्सालाई एक पत्र लेख्दै सडक सीमाङ्कनको कार्यमा सहयोग गर्न अनुरोध गरेका हुन् ।

प्रस्तावित सडक सीमाङ्कन वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने त्रिभुवन राजपथको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, बिर्ता, रजत जयन्ती चोक हुँदै तेरी पुलसम्मको क्षेत्रमा गरिनेछ ।

सडक डिभिजन हेटौँडाले नापी कार्यालयलाई लेखेको पत्रमा सडक सीमाङ्कनको कार्यलाई तीव्रता दिई सडक सम्पत्तिको संरक्षणमा सहयोग पुर्‍याउन आग्रह समेत गरेको छ ।

डिभिजन प्रमुख अधिकारीले सडकको अतिक्रमण रोक्न, व्यवस्थित सहरीकरणमा सहयोग गर्न र दीर्घकालीन यातायात सुविधा सुनिश्चित गर्न सडक विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

पत्रमा विभिन्न सरकारी निकायलाई बोधार्थ राखिएको छ । सडक विभाग बबरमहल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका र वीरगञ्ज-पथलैया सडक योजनालाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगको लागि अनुरोध गरिएको छ ।

साथै, सडक डिभिजन हेटौँडाका इन्जिनियर रञ्जित साहलाई समन्वय गरी कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर