Lucky-Khabar_

प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर पुगेका उपमेयर र कर्मचारीको स्वागत

२१चैत,काठमाडौं | काठमाडौं महानगरपालिका कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन्। प्रशासकीय अधिकृत गुरागाईँलाई उपमेयर सुनिता डंगोल, वडा अध्यक्ष र कर्मचारीले स्वागत गरेका हुन्।

content ad p2

सुरुमा गेटमा नगर प्रहरीले रोकेपनि कर्मचारीले गुरागाईँको पक्षमा नाराबाजी गर्दै उनको कार्यकक्षमा पुर्‍याएका थिए। ढोकाको चाबी नभेटेपछि कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दागर्दै नगर प्रहरीले हस्तक्षेप गरेका छन् । ताला फुटाउने काम जारी रहँदा मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले हस्तक्षेप गर्दै रोकेका छन्। पाण्डेले कार्यकक्षमा पुगेका कर्मचारीलाई र पत्रकारलाई निकाल्न नगरप्रहरीलाई निर्देशन दिएका थिए।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन पाएका छैनन्। महानगरपालिकाको सेवा प्रभावित छ। जसले गर्दा महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै कर्मचारीहरू आन्दोलित बनेका हुन्। पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।

आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्। महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए। उनले भने,’मेयरसावले स्टाटस लेख्दैमा महानगर चल्दैन। समस्या समाधानतिर लाग्नुहोस्।’

कर्मचारीहरूले कार्यपालिकाका वडा अध्यक्ष, सदस्य र उपमेयर आफ्नो पक्षमा रहेको दावी गरेका छन्। उनीहरूले प्रशासकीय अधिकृतलाई आजै हाजिर गराए रोकिएको सबै तलब निकासा हुने उल्लेख गरे। लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ।

अहिले उपमेयरसहित प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी हलमा छन्।एजेन्सी

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर